काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेयरहरूसँग नजुध्न आग्रह गरेका छन् ।काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा उभिँदै उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।उनले प्रधानमन्त्री भएर मेयरहरूसँग जुधेर केही नहुने बताउँदै नरेन्द्र मोदी र सि जिनपिङसँग जुधेर देखाउन चुनौती दिए ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरूसँग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सि जिनपिङसँग जुध्नु बरु !’काठमाडौंका मेयर बालेन र प्रधानमन्त्रीबीच पछिल्लो समय विवाद बढ्दै गएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij