Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ट्रम्प र जेलेन्स्कीबीच वार्तामै भनाभन, खनिज सम्झौता रोकियो !

ट्रम्प र जेलेन्स्कीबीच वार्तामै भनाभन, खनिज सम्झौता रोकियो !

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै विवाद भएको छ ।ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि तनावपूर्ण स्थिति बनेको हो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो।भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ । खनिज सम्झौता अहिले नहुने भएको छ। यता ट्रम्पले जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट