Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे

भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे

नयाँदिल्ली : भारतको उत्तराखण्ड राज्यको चमोलीस्थित माणामा हिमस्खलन भएको छ । शुक्रबार हिमस्खलन हुँदा सडक निर्माणमा कार्यरत ५७ मजदुर फसेकोमा १६ जनाको उद्धार गरिएको छ ।

४१ मजदुर हिमस्खलनमा फसेको अधिकारीहरूको भनाइ छ । उद्धार गरिएका मजदुरलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल पठाइएको छ । चमोलीका जिल्लाधिकारी सन्दीप तिवारीले माणा गाउँ र माणा पासको बिचमा हिमस्खलन भएको सूचना प्राप्त भएको जानकारी दिए ।

उनले भने, ‘सेनाको आवतजावतका लागि सडक मार्गका हिउँ हटाउन खटिएका मजदुर घटनास्थल नजिकै भएको जानकारी पाएका छौँ ।’घटनास्थलमा उद्धार टोली परिचालन गरिएको उनले जानकारी दिए ।सो क्षेत्रमा वर्षा र हिमपात भएको बताइएको छ । त्यसैले उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट