काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिको जनअपेक्षा पूरा गर्न कांग्रेससँग मिलेको बताएका छन्।
एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
उनले माओवादीसँगको सहकार्यबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षसहित कांग्रेससँग सत्तासहकार्य गरिएको बताए।
उनले माओवादीसँगको सहकार्यले समृद्धिको सपना साकार पार्न नसकिएपछि दुई ठूला दल मिल्न बाध्य भएको बताए।
महासचिव पोखरेलले कमजोर धरातलमा माओवादीसँग एकता गरिएकाले त्यसबेलाको सरकारले पनि काम गर्न नसकेको बताए।
माओवादीसँगको पार्टी र सत्तासहकार्य दुवै गलत सावित भएपछि विकासको जनअपेक्षा पूरा गर्न कांग्रेसँग मिलेर सरकार बनाइएको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij