Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाँकेका सिडिओको अख्तियार सरुवा, गृहमा १७ सहसचिव भित्रिए

बाँकेका सिडिओको अख्तियार सरुवा, गृहमा १७ सहसचिव भित्रिए

काठमाडौं : सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा विभिन्न कार्यालयका प्रमुखहरु पनि फेरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ।

त्यस्तै, १७ जना सहसचिव एकैपटक गृहमा भित्रिएका छन् । भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय र दिव्यराज पोखरेल र धर्मराज जोशीको बढुवा लगत्तै गृहमा पदस्थापन भएको छ ।त्यस्तै, संघीय मामिला मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियारका ईश्वरी प्रसाद अर्याल, नरहरी घिमिरे, माधव प्रसाद पोखरेलको पनि गृहमा सरुवा भएको छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत आनन्द सारु, लुम्बिनी प्रदेशमा कार्यरत वेद प्रसाद खरेल, गण्डकी प्रदेशमा कार्यरत कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत दीपकराज नेपालको पनि गृहमा पुगेका छन् ।

उनीहरु सिडिओ बन्ने सपनासहित शक्ति प्रयोग गरी गृहमा गएका हुन्। तिव्र चलखेलकै कारण १५ महिना हुँदासम्म कतिपय जिल्लामा सिडिओको सरुवा हुन सकेको छैन ।अहिले नै गृहमा पाँच सहसचिवले जिम्मेवारी पाएका छैनन् । एकैपटक थप १७ जना गृहमा पुगेपछि अब ठूलो संख्यामा सिडिओको हेरफेर हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट