सुनसरी : बर्तामान सरकारले समाजमा विभेद बढाउने काम गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)द्वारा मधेस जागरण अभियान अन्तर्गत आज सुनसरीको दक्षिण वर्ती बर्जू गाउँपालिकाको शुक्रबारेमा कार्यकर्तालाई सम्बोधन गर्नु हुँदै माओवादीको यो अभियानले समाजमा उत्पन्न विभेदको अन्त्य गर्ने बताउनु भयो ।
सबैले मिलेर दबाब दिन सके समाजनजिक विभेद अन्त्य गर्न सकिने अध्यक्ष प्रचण्डले दाबी गर्नु भयो ।त्यसतै अध्यक्ष प्रचण्डले आफूले यात्रा तय गरेको सुनसरीको हुलाकी मार्गमा रहेका जनताको समस्या सदनमा उठाउने समेत आश्वासन दिनु भएको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, स्थानीय प्रतिनिधिहरू, तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै, पार्टीको वर्तमान रणनीति, विकासका योजनाहरू, र आगामी गतिविधिहरूबारे जानकारी गराएका थिए।
स्वागत मन्तव्यमा वक्ताहरूले मधेसको विकास, जनताको अधिकार र सामाजिक न्यायका मुद्दाहरूलाई पार्टीको प्राथमिकतामा राखिएको बताए। कार्यक्रममा स्थानीय समस्याहरू सुन्ने, सुझाव सङ्कलन गर्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij