Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्नुपर्छ : मन्त्री पौडेल

सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् ।विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले सो कुरा बताएका हुन्।

उनले सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्नुपर्ने बताए। नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने उनको भनाई छ ।उनले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।

स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट