काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने बताएका छन् ।डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने स्वीकार्य नहुने उनले स्पष्ट पारे ।
कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम, अविश्वास फैलाउने, भ्रम छरिदिनेलगायत विषय नियन्त्रण गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए ।प्रधानमन्त्री ओलीले अपराध नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहीन तर्क रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij