Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्छ : शशांक कोइराला

२०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्छ : शशांक कोइराला

धनुषा : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।धनुषा कार्यसमितिको कार्यक्रममा मंगलबार नेता कोइरालाले २०८२ मा नभए चुनावपछि मात्रै महाधिवेशन गुर्नपर्ने बताएका हुन् ।उनले निर्वाचनको मुखमा महाधिवेशन गर्न नहुने बताए ।

‘चुनावको मुखमा महाधिवेशन गर्दा कांग्रेसमा तिक्तता हुन्छ । पार्टीलाई नै घाटा हुन्छ,’ कोइरालाले भने, ‘यस्तो महाधिवेशन २०८२ सालमा गर्न नसक्ने भए २०८४ को चुनावपछि मात्रै हुनुपर्छ ।’ कांग्रेसलाई गुटबन्दीले फाइदा नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट