Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विद्युत महसुल विवाद : उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

विद्युत महसुल विवाद : उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिँदै नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल नउठाउन पटक–पटक निर्देशन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

‘समृद्धिका लागि सुशासन अभियान’का संयोजक पवित्रमणि शर्माले उर्जा मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीचको महसुल विवादबारे अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा उर्जा मन्त्रालयले प्राधिकरणलाई महसुल उठाउन रोक लगाएको र विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उद्योगीहरूसँग व्यक्तिगत लाभ लिएर पटक–पटक पत्राचार गरेको आरोप लगाइएको छ।

उजुरीमा उर्जामन्त्री दीपक खड्का, विद्युत नियमन आयोगका अध्यक्ष धिताल र उर्जा सचिव सुरेश आचार्यलगायतलाई छानबिन गरी कारबाही गर्न माग गरिएको छ। साथै, मन्त्रालय र आयोगले प्राधिकरणलाई पठाएका पत्रहरू समेत उजुरीमा संलग्न गरिएको छ ।

विद्युत महसुल नै नउठाऊ भन्दै उर्जा मन्त्रालयबाट पटक पटक निर्देशन तथा कथित छानबिन आयोग निर्माण गरी महसुल उठाउन रोक लगाइएको विषयबाट आयोग वेखबर छैन भन्दै समृद्धिका लागि सुशासन अभियान नामक संस्थालेले अख्तियारमा बुधबार उजुरी दर्ता गराएको जनाएको छ ।अख्तियारले यस विषयमा गम्भीर चासो लिने अपेक्षा उजुरीकर्ताको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट