Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् ।प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका हुन् ।पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट