काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसदमा उठाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर संघीय सरकारको आलोचना गरे । उनले भने–‘गाउँ गाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन । काठमाडौं महानगरपालिका सहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए ।
उनले भने–‘काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले संघीय सरकारलाई चेतावनी दिए ।
उनले भने–‘यदि तपाईंहरूलाई नयाँ साथीहरूप्रति डर लाग्छ भने आउने स्थानीय तहको चुनाव नगर्नुस्, आफ्ना कार्यकर्तालाई घोषणा गर्नुस् । होइन भने कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प पार्न पाइँदैन ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij