Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आलमदेवीको पूजा गर्न पूर्वराजा स्याङ्जामा

आलमदेवीको पूजा गर्न पूर्वराजा स्याङ्जामा

स्याङ्जा : पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा आएका हुन् । सोमबार उनीहरू वालिङ्मा बसेका हुन् ।कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ ।

मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ ।वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट