Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?

त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेको छ ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई सुझाव पत्र बुझाउँदै सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयनबारे प्रश्न गरेको हो । नेविसंघले यसअघि २०८० चैत १८ गते बुझाएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण समेत माग गरेको छ ।

सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको ४ वर्षे कार्यकालको सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए/नभएको विषयमा जवाफ माग गरेको छ । करिब एक वर्षअघि बुझाएको सुझाव पत्र अनुसार सुझाएका समस्या र तिनको समाधानको अवस्थाबारे जानकारी दिन भनेको हो ।

पटक पटक बुझाएको ज्ञापनपत्र, ध्यानाकर्षण पत्र र सुझाव पत्र उपर हाल सम्म कुनै संवाद, छलफल एवं समन्वय समेत नभएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । आफूहरूले उठान गरेका मागहरू सम्बोधन नभएको खण्डमा विश्वविद्यालयका पदाधिकारविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट