Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेकपा एसले भन्यो- हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन

नेकपा एसले भन्यो- हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन् ।

‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’ उनले भने । एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको भूसालले बताए ।

‘एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो कुरा छ । तयसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो,’ भूसालले भने, ‘नेकपा एकीकृत समाजवादी संस्थागथ रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं । यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट