Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्र प्रहरी बल विधेयकमाथि संसदमा छलफल हुँदै

सशस्त्र प्रहरी बल विधेयकमाथि संसदमा छलफल हुँदै

काठमाडौं : प्रतिनिधि सभामा आज (सोमबार) सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । संशोधनका लागि सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट