Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि असार पर्खदैं आरजु

प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि असार पर्खदैं आरजु

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताएकी छन्।द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र भारत भ्रमण हुने आशा राखेको बताएकी हुन्।

त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने बताइएको छ। अप्रिलमा बैंककमा हुने बिमस्टेक बैठकका समय प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको परराष्ट्रमन्त्री राणाको दाबी छ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले दुई पटक दिल्ली भ्रमण गरिसकेकी छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको ढिलाईलाई दुई देशबीच तनावको स्थिति पैदा भएको हुनसक्ने द हिन्दूले उल्लेख गरेको छ। भारतबाट भ्रमणको निम्तो नआएपछि प्रधानमन्त्री ओलीले गत नोभेम्बरमा चीनबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट