Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उच्चतहका सबै नेताहरूको सम्पत्ति छानविन गरौं : डीपी अर्याल

उच्चतहका सबै नेताहरूको सम्पत्ति छानविन गरौं : डीपी अर्याल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्याल(डीपी )ले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अर्यालले सो कुरा बताएका हुन् । उनले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिहरूको सम्पत्ति छानविनका उच्चस्तरीय आयोग बनाउन आग्रह गरे।

अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानविनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गरे।उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए।

संसदबाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको र अहिले कानुनी लडाइँ लडिरहेको भन्दै उनले सरकार र सदन समेत अन्य नेताको छानविनका लागि तयार हुनुपर्ने बताए।

त्यस्तै उनले सभापतिको नागरिकका विषयमा पनि सांसदहरूले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभइ आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे ।सहकारी प्रकरणमा दुई दलको दम्भले नभइ नीति र विधिमार्फत छानविन हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट