Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चुनावमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर गल्ती भयो : पम्फा भुसाल

चुनावमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर गल्ती भयो : पम्फा भुसाल

अर्घाखाँची : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कांग्रेस र एमालेसँग तालमेल गरी चुनाव लड्दा पार्टीलाई घाटा लागेकी बताएकी छन् ।

सन्धिखर्कमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा उपाध्यक्ष भुसालले सो कुरा बताएकी हुन् ।

उनले विगतका ती कमजोरीमा आत्मालोचना गर्दै आगामी चुनाव एक्लै लड्ने बताइन् ।

८४ को निर्वाचनमा माओवादीले २०६४ जस्तै मत ल्याएर देशको पहिलो शक्ति बन्ने उनको दाबी छ ।

त्यसका लागि माओवादीले अब जनतासँग माओवादी अभियान लिएर तल्लो तहसम्म जान लागेको बताइन् ।

विगतमा माओवादीलाई सहयोग गरेका, सहिद तथा बेपत्ता पारिएकाका परिवारसहित जनतासँग सम्बन्ध बलियो बनाएर माओवादी आगामी चुनावमा पहिलो पार्टी बन्नेगरी होमिएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट