Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकारले नागरिकलाई अनागरिक बन्न दिनुहुन्न, देश बनाउन सबै लाग्नुपर्छ : चन्द्र भण्डारी

सरकारले नागरिकलाई अनागरिक बन्न दिनुहुन्न, देश बनाउन सबै लाग्नुपर्छ : चन्द्र भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालीहरू पैसा कमाउने लोभ, देश छाड्ने होडबाजी, मानिस बिक्री गर्ने दलालको फन्दामा परेरलगायत जुनसुकै कारणले भए पनि नेपाली अनागरिक बन्ने होडमा रहेको जिकिर गरे । उनले यही होडलाई सरकारले रोक्नु पर्ने बताए ।

उनले लेखेका छन्, ‘नेपाली अनागरिक बन्दैछन् ! जुनसुकै कारणले होस्- पैसा कमाउने लोभले होस ! देश छाड्ने होडबाजीले होस्१ मानिस बिक्री गर्ने दलालको फन्दामा परेर होस् ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !’

सरकारले आफ्ना नागरिकहरूलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट बचाउनु पर्ने बताउँदै सा‌ंसद भण्डारीले देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने कर्तव्य सबैको भएकाले दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्ने भनाइ राखे।

उनले थप लेखेका छन्, ‘सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन ! आफ्ना नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ ! जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्दछ ! हामीले गरे नहुने के छ ?

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट