काठमाडौँ: संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले लोप उन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।उहाँले भन्नुभयो,लोप उन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ उहाँले थप्दै भन्नु भयो,भाषा हुन्थेन भने मानिसको जिन्दगी नै निरस हुन्छ ।
उहाँले प्रत्येक भाषाले बोकेको सन्देश,अर्थ,संवेदनशीलता, दर्शन,इतिहास सभ्यता जतिसुकै भए पनि एकले अर्कोको भाषाले बोक्न सक्दैन । मन्त्री पाण्डेले ज्ञानको बहु आयामिक जोगाउनका लागि पनि भाषाको महत्त्व बढ्दै गएको बताउनु भयो। उहाँले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताउनु भयो । मन्त्री पाण्डे भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij