पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन बनेको बताएका छन् ।तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान,राहतलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए।
अध्यक्ष प्रचण्डले भने,’हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने,जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं।’
भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए।
एमाले- कांग्रेसबीच गठबन्धन सरकार बनेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ दुवै सदनबाट सर्वसम्मतिले पारित भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij