Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाललाई समृद्ध बनाउने आधार तयार हुँदै गएको छ : अध्यक्ष दाहाल

नेपाललाई समृद्ध बनाउने आधार तयार हुँदै गएको छ : अध्यक्ष दाहाल

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताउनु भएको छ ।

गोरखाको पालुङटार नगरपालिका-१०, मिरकोटमा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्नुहुँदै उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताउनुभयो ।

उहाँले देशमा कृषि क्षेत्रमार्फत रोजगारीका थुप्रै सम्भावना हुँदाहुँदै पनि गाउँहरू बिस्तारै युवाविहीन हुँदै जानु, खेतीयोग्य जमिन बाँझो हुँदै जानु डरलाग्दो अवस्था भएकोले सवै पक्ष गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।आम जनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रीत गर्ने गरी सोच्ने बेला आएको उहाँले बताउनुभयो ।

आफुले सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादी बाटोमा अघि बढाउन सफल भएको भन्दै उहाँले स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने उदाहरण दिनसक्ने गरी धेरै क्षेत्रमा सुधारको थालनी गरेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट