Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जनताको अवस्था बदल्न जनयुद्ध लडेका हौं : प्रचण्ड

जनताको अवस्था बदल्न जनयुद्ध लडेका हौं : प्रचण्ड

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था बदल्न जनयुद्ध लडेको बताएका छन् ।गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले शहीदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताए। सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको अध्यक्ष प्रचण्डले बताए।अध्यक्ष प्रचण्डले भने,‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन जनयुद्ध हो।’

पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको बताए ।उनले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताए ।

शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट