Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कांग्रेसका फाल्गुनन्द गाउँपालिका सभापति नेम्वाङको निधन

कांग्रेसका फाल्गुनन्द गाउँपालिका सभापति नेम्वाङको निधन

काठमाडौँ : नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधवार ५६ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट