Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३२ बाट बढाएर ४३ सिटको प्रतिपक्षी दलको नेता बन्दै प्रचण्ड, लगभग सहमति बन्यो

३२ बाट बढाएर ४३ सिटको प्रतिपक्षी दलको नेता बन्दै प्रचण्ड, लगभग सहमति बन्यो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा ३२ सिट बढाएर ४३ सिटको दलको नेता बन्ने भएका छन् भने राष्ट्रिय सभामा पनि सिट थप्ने लगभग निश्चित भएको छ।प्रचण्डको यो सपना पूरा हुने चरणमा समाजवादी मोर्चामा आवद्ध दलको एकीकरणको लगभग सहमति बनेपछि पुगेको हो।

बुधबार माओवादी केन्द्र, नेत्रविक्रम चन्दको नेकपा, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले एकीककरण गर्ने लगभग निधो गरेको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकीकरणको घोषणा गरिने पनि तय भएको हो।

पार्टीको सम्भावित नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी (नेकपा समाजवादी) रहन सक्ने उच्च स्रोतले क्यानडा नेपाललाई जानकारी दियो। यो एकीकरण सम्भव भएमा माओवादीका ३२, नेकपा एकीकृत समाजवादीका १० र नेसपाका १ गरी ४३ सिट थपिनछ। त्यसको संसदीय दलको नेता भने प्रचण्ड हुनेछन्।

पार्टी एकीकरण भएमा अहिले दुई अध्यक्षमा प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ उपाध्यक्षमा नेसपा अध्यक्ष महेन्द्र राय यादव र महासचिवमा नेकपाका नेत्रविक्रम चन्द हुन सक्ने प्रारम्भिक खाकाको अनुमान गरिएको छ।‘कुरा लगभग टुङ्गो नजिक पुगेको छ। तर, यसको व्यवस्थापन गर्ने प्राविधिक कुरा पनि छन्। त्यसमा सहमति जुट्नेछ’, उच्च स्रोतले क्यानडा नेपाललाई भन्यो।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने यो एकीकरणको विपक्षमा रहेको बताइएको छ। तर स्रोतको दाबी छ,‘उहाँको भूमिका सम्मानित नेताको नै हुने भएपछि सहमतिमा आउनेमा कुनै असम्भव कुरा छैन।’

अन्य नेताको व्यवस्थापनको पक्षमा पनि गृहकार्य हुन सक्छ। तर अहिले कार्यदलले अन्तिम रुप दिएपछि यो पूरा हुनेछ। एकीकरणका निम्ति सबै विषयबस्तु मिलाउनका लागि माओवादीबाट उपमहासचिव बर्षमान पुन, नेकपाबाट खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, नेसपाका गंगानारायण श्रेष्ठ तथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सम्मिलित कार्यदल तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट