Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पूर्व राष्ट्रपतिको सन्देश: समृद्धिको लागि निरन्तर संघर्षरत रहौँ

पूर्व राष्ट्रपतिको सन्देश: समृद्धिको लागि निरन्तर संघर्षरत रहौँ

काठमाडौँ: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश दिनुहुँदै फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा साबित भएको उल्लेख गर्नुभएको छ ।

निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको ७४औँ वर्ष पूरा भई आज ७५औँ वर्षमा प्रवेश गरेको अबसरमा उहाँले विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र स्थापनादेखि बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भएको स्मरण गर्नुभएको छ।

सम्पूर्ण शहीदको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिको लागि निरन्तर संघर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायलाई यो दिनले प्रेरणा मिल्ने विश्वास उहाँले सन्देशमार्फत उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट