Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : शंकर पोखरेल

पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : शंकर पोखरेल

कपिलवस्तु : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँएको बताएका छन् ।एमाले वडा केन्द्रित अभियानको शुभारम्भ गर्न कपिलवस्तु पुगेका महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।उनले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे।राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट