Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौँ: पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राख्नुभएको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट