काठमाडौँ : भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरूले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ ।
नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखेर अध्ययन गराउने बारेमा सहमति भएको बताएको छ ।लम्साल मृत्यु प्रकरणसँग सम्बन्धित एक जनालाई पक्राउ गरी अनुसन्धानअघि बढाइएको बताएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij