दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने बताएका छन् ।दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको दोहो¥याए ।
आफूहरु कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको उनको भनाइ थियो ।नेपाल अब सुरुङ मार्ग र पानीजहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै प्रधानमन्त्री ओलीले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको सुनाए ।
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै उनले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे ।
लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएको र उनीहरू नै लोकतन्त्रका मसिहा बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij