Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नागरिकता प्राप्तिमा सहजिकरण गर्दै सरकार

नागरिकता प्राप्तिमा सहजिकरण गर्दै सरकार

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पेश गरेको नागरिकता नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल सुरु भएको छ ।गत माग १५ गते प्रतिनिधि सभामा दर्ता भएको संशोधन विधेयकमाथि आजबाट छलफल सुरु भएको हो ।

विधेयकमा मुलत: वावुको पहिचान नभएका नेपाली नागरिक आमाका सन्ततिलाई पनि नेपाली नागरिकता पाउने बाटो खुला गरेको छ । यसका लागि स्वघोषणा गर्नुपर्ने ब्यवस्था भने विधेयकमा राखिएको छ ।

संशोधन विधेयकले बाबुको पहिचान नभएका नेपाली आमाबाट विदेशमा जन्मिएका बच्चालाई नागरिकता दिने विषयलाई संवोधन मात्र नगरी लैङ्गिक न्यायको हिसाबले पनि आमा केन्द्रीत विधेयकको रुपमा आएको छ ।

नेपाली आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरी अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने ब्यवस्था विधेयकमा छ ।

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्ततिलाई नियमावलीमा व्यवस्था गरी अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थाका लागि साथै वैदेशिक रोजगारमा गएका नेपाली नागरिक महिलाहरुबाट विदेशमा जन्मिएका तर बाबुको पहिचान नखुलेको व्यक्तिहरु नागरिकता विहिन भइरहने अवस्था अन्त्य गर्न विधेयक केन्द्रीत रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनु भयो ।

विधेयकले बाबु सम्पर्क विहिन भएको वा निजको बारेमा जानकारी नभएको अवस्थामा त्यस्तो नागरिकलाई आमाको नामबाट नागरिकता दिनुपर्ने अदालतको आदेश कार्यान्वनमा बाटो खुला गरेको भनाइ प्रवक्ता तिवारीको छ ।

स्वेदेशमा जन्मिए पनि बाहुको पहिचान नखुलेका र वैदेशिक रोजगारमा गएका नेपाली नागरिक महिलाहरुबाट विदेशमा जन्मिएकाहरुको सङ्ख्या गृहमन्त्रायसँग यकिन नभएपनि संविधान बमोजिम नागरिकता प्राप्तिमा समस्याको रुपमा रहँदै आएको प्रवक्ता तिवारीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

यसैगरी, विधेयकले नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनु पर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनु पर्ने गरी व्यवस्था गरिएको छ ।

“कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिने र वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।” विधेयकमा भनिएको छ ।

निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणाको विषय संलग्न गर्नु पर्नेछ ।तर स्वघोषणा गर्ने विषयलाई लिएर भने कतिपय महिला अधिकारकर्मीहरुले महिलामैत्री व्यवस्था नभएको भन्दै आलोचना गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट