Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रभु साहको प्रश्नमा ओलीको जवाफ – उहाँले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्दैन !

प्रभु साहको प्रश्नमा ओलीको जवाफ – उहाँले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्दैन !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नमा आक्रोश पोखेका छन्।संसदमा भएको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले शाहले सोधेको प्रश्नमा आक्रोश पोख्दै जवाफ नदिएका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे। तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन।उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । तर जवाफ दिएनन्।

प्रधानमन्त्री ओलीले भने,‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन्। सद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा । के म मेनपावरको मान्छे हुँ?’प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन्। प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट