Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राष्ट्रिय सभाप्रति ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित

राष्ट्रिय सभाप्रति ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित

काठमाडौँ : प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउदै राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रियसभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो ।

शाहीले मिडिया काउन्सील विधेयक पढ्दै नपढी हुबहु पारित गरेको भन्दै राष्ट्रिय सभा नै वृद्धाश्रम भएको टिप्पणी गरेका थिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाहीप्रति अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको बताए । सभाका सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको देखिएको भन्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरे ।

उनले आगामी दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट