Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपालीहरूलाई पनि अमेरिकाले हत्कडी नलगाओस् : चित्रबहादुर केसी

नेपालीहरूलाई पनि अमेरिकाले हत्कडी नलगाओस् : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा लुकिछिपी बसेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै केसीले नेपालीहरूलाई पनि अमेरिकाले अमानवीय ढंगले डिपोर्ट नगरोस् भन्नका लागि सरकारले अहिल्यैदेखि ध्यान दिनुपर्ने बताएका हुन्।

सांसद केसीले अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका नेपालीलाई उक्त देशले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन सरकारलाई ध्यानाकर्षण गराए ।

केसीले यसरी नेपालीलाई अमेरिकाले डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने बताए ।उनले भारतीय नागरिकलाई जेल लगाएर अमेरिकाले डिपोर्ट गरेको विषयले पश्चिमाहरुले दिनेगरेको मानव अधिकारको दुहाईको विश्वमै धज्जी उडेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट