काठमाडौं : कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यलाई भेट्न रोक लगाएको छ।अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरेको हो । संक्रमणको जोखिम रहेकाले बाह्य मानिसहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जानाएको छ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बलून पड्कँदा अर्थमन्त्री पौडेर मेयर आचार्य घाइते भएका थिए। अनुहार, हात तथा गर्धनमा जलन भएका उनीहरूको कीर्तिपुर अस्पतालको आइसियूमा उपचार भइरहेको छ।
चिकित्सकले थप २४ घन्टा निगरानीमा राख्नुपर्ने बताएका छन्। उनीहरूको अवस्था शनिबारको तुलनामा सुधारोन्मुख रहेको र संक्रमणको जोखिम भने रहेको अस्पतालले बताएको छ।घाउको अवस्था ड्रेसिङ गरेपछि जानकारी गराइने र अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट बन्द गर्नुपरेको अस्पतालले बताएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij