काठमाडौं : सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए ।
संघीय संसद्मा रहेका सबै दलहरूसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने गृहमन्त्री लेखकले जानकारी दिए ।उनले अध्यादेशलाई पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij