चितवन : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन्।चितवनमा पत्रकाहरूसँगको कुराकानीमा प्रवक्ता महतले सो कुरा बताएका हुन् । उनले पार्टीभित्रको राजनीतिक अवस्था र तयारीले महाधिवेशन तोकिएकै समयमा नहुने देखिएको बताए।
प्रवक्ता महतले भने,’अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ। एक वर्ष थप्ने प्रचलन नै छ। त्यो भन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन। कम्तिमा पनि दुई वर्ष त अहिले नै छ।’
तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए। महाधिवेशन आउन अझै धेरै बाँकी रहेका कारण नेतृत्वको दौड आजैदेखि सुरू गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि प्रवक्ता महतले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij