Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

परिवर्तनको संवाहक माओवादी नै हो : प्रचण्ड

परिवर्तनको संवाहक माओवादी नै हो : प्रचण्ड

हेटौँडा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको संवाहक माओवादी नै भएको बताएका छन्।मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताए। नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको उनले बताए।

अध्यक्ष प्रचण्डले माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको बताए । सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए।

नागरिकहरूले देश भर नै एक पटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको अध्यक्ष प्रचण्डले बताए।रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू संचालन गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट