Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’

‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’

काठमाडौँ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल पर्वतीय देश भएको हिसाबले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारिरहेकाले जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज यस स्किम्स कलेज, पोखरा विश्वविद्यालयमा स्थापित नेपाल क्लाइमेट इनिसिएटिभद्वारा आयोजित ‘पुस्तक विमोचन एवं जलवायु वित्तका लागि जलवायु विज्ञानको अपरिहार्यता’ विषयक कार्यशालामा उहाँले जलवायुले निम्त्याउनसक्ने असरको समाधान गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको हो ।

“नेपाल आफैँमा विकासोन्मुख देश र पर्वतीय देश भएका हिसाबले जलवायु परिवर्तनका असरहरुले अप्ठ्यारो पारिरहेकाबारे सबैमा सर्वविदितै छ, हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदा पनि जलवायुजन्य असरका कारण पीडा भने बढी भोगिरहेको अवस्था छ”, मन्त्री शाहीले भन्नुभयो, “जलवायु न्याय आज हामी जस्तो देशको टड्कारो आवश्यकता हो, उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुले गरेका जलवायु न्यायका प्रतिबद्धता अक्षरशः पालना गरेको खण्डमा सम्पूर्ण विश्व समुदायले जलवायु परिवर्तनका असरसँग अनुकूलित हुँदै र न्यूनीकरण गर्दै जलवायु मैत्री विकासतर्फ जान सजिलो हुने अवस्था आउनसक्छ ।”

उहाँले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषमा जे–जति रकम भए पनि, नेपालले यसबाट लाभ लिन नेपालले आफ्नै क्षमता अभिवृद्धि गर्न जरुरी रहेकामा जोड दिनुभएको छ । “जलवायु वित्तमार्फत आउने सहयोग प्रतिस्पर्धात्मक हुने भएकाले, यसका लागि सबै क्षेत्र तथा निकायको सहयोगमा हाम्रा परियोजना सबै हिसाबमा सशक्त हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

यसका लागि जलवायु विज्ञान अर्थात् हाम्रा परियोजनामा जलवायु परिवर्तनको विश्लेषण सबैभन्दा महत्वपूर्ण हुने मन्त्री शाहीको भनाइ छ । “जलवायु वित्त प्राप्त गर्न, हामीले कुनै पनि अवस्थामा जलवायु परिवर्तनको वैज्ञानिक पुस्ट्याइ गर्नुपर्ने हुन्छ, डाटाहरुलाई वैज्ञानिकता दिनुपर्ने हुन्छ, जलवायुजन्य विपद्लाई जलवायु सिर्जित हो भनेर पुष्टि गर्ने वैज्ञानिक आधार पेस गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आज हामीसँग यी प्राविधिक विषयमा केही जानकारी भए पनि, त्यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित परियोजना जोड्नेबारेमा अझ धेरै काम गर्नुपर्ने देखिन्छ ।”्

मन्त्री शाहीले यस्तो अवस्थामा विश्वविद्यालयका प्राध्यापकले जलवायु वित्तका लागि वैज्ञानिक आवश्यकतासहितको परियोजना विकास गर्न सहयोग पु¥याउने पुस्तक प्रकाशन गर्नु अत्यन्तै सराहनीय हुनेमा जोड दिनुभयो । विश्वविद्यालय तथा प्राज्ञिक निकायले आफ्नो नियमित पठनपाठनको जिम्मेवारी बहन गर्दै गर्दा, समग्र देशको चिन्ता लिँदै, देशमा बढीभन्दा बढी जलवायु वित्त भित्र्याउन अत्यन्त्य उपयोगी हुने जलवायु वित्तका लागि जलवायु विज्ञानको महत्वबारे पुस्तक प्रकाशन भएको उहाँका भनाइ छ ।

मन्त्री शाहीले अन्तर्राष्ट्रिय जलवायु कोष जस्तै हरित जलवायु कोष, अनुकूलन कोषका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय निकायले नेपालका लागि परियोजना तयार गर्दा साथै ती परियोजनाको स्वीकृत हुन यी पुस्तक मार्गदर्शक हुने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका डा महेश्वर ढकालले यस्ता पुस्तकले जलवायुले निम्त्याएका समस्या समाधान गर्न भावी रणनीति बनाउन सहयोग गर्ने र अभिप्रेरणाको स्रोत पनि रहेको बताउनुभयो ।

जलवायुविद् मञ्जित ढकाल, नेशनल क्लाइमेट इनिसिएटिभका सहसंयोजक प्रा डा सञ्जयनाथ खनाल, स्किम कलेजका प्रिन्सिपल अजयभक्त माथेमाले प्रकाशित किताबले अन्तर्राष्ट्रियस्तरमाका कोषमा नेपालको सहज पहुँच स्थापित गर्न सहयोग पुग्ने विषयमा धारणा राख्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट