Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शंकर पोखरेल भन्छन् : विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौं

शंकर पोखरेल भन्छन् : विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौं

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्ने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने उनको भनाई छ। महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भनेर पारित गर्ने कोशिस असफल नहुने बताए।

पोखरेलले सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रबर्द्धन गर्ने हिसावले अध्यादेश ल्याएको बताए।दुई प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै जसरी पनि टुंग्याउने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट