Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट