Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रचण्डको चेतावनीः जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन्

प्रचण्डको चेतावनीः जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताए ।

उनले भने, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’

उनले अगाडि भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ ।’

त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरे । ‘हामी एक भएर मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्न पनि सकिन्छ र प्रतिक्रान्तिको खतराका विरुद्ध लडेर विजयी हुन पनि सकिन्छ,’ प्रचण्डले भने, ‘आजको दिन म सम्पूर्ण कमरेडहरुलाई एकताको निम्ति अपिल गर्दछु ।’

उनले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको जानकारी पनि उनले गराए । त्यसको सकारात्मक संकेत पनि देखिएको उनले बताए । अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट