Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मेयरले प्रहरीकै अगाडि हाकिमलाई गोली हान्ने धम्की दिएको आरोप

मेयरले प्रहरीकै अगाडि हाकिमलाई गोली हान्ने धम्की दिएको आरोप

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको आरोप लागेको छ ।अधिकृत साहले मङ्गलवार जिल्ला प्रशासन कार्यालय धनुषामा मेयर र उनका छोरा रामभजन दासविरुद्ध उजुरी दिएका हुन् । शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा रामभजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली–गलौज गर्दै कुटपिट गरेका थिए ।यसपछि पनि आफूलाई मेयर दासले गोली हान्ने धम्की दिएको प्रशासकीय अधिकृत साहले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

शिक्षिकालाई सोमबार हाजिर गराउँदा मेयरका छोरा रामभजनले कार्यकक्षमै गाली–गलौज गरी कुटपिट गरेपछि प्रमुख प्रशासकीय अधिकृत साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । यसपछि उनलाई मंगलबार मेयर दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका हुन् ।

घटनापछि प्रहरी जवान विकास बस्नेत र विकासकुमार राय तथा वडा नम्बर ७ का अध्यक्ष राजकिशोर सिंह घटनास्थलमा पुगेका थिए । तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने धम्की दिएको बताइएको छ ।उनले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन र नयाँ कार्यस्थलको व्यवस्था नभएसम्म पूर्ण सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट