Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएका छन् ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियु नेतालाई प्रहरीले अनुसन्धानको हिम्मत नगरेको भन्दै गृहमन्त्री लेखकको भूमिकाप्रति प्रश्न उठाएका हुन्।

सांसद खनालले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हत्कडी लगाएर १५ दिन डुलाउने ?’

उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरे। सत्ता टिकाउने बाहनामा प्रहरीले अनेरास्ववियुका नेतालाई अनुसन्धान नगरेको आरोप सांसद खनालको छ।

तर अभद्र व्यवहार भनेर आशिका तामाङलाई १५ दिनसम्म हिरासतमा राखेको उनको भनाइ छ। दलीय विद्यार्थी संगठनका विद्यार्थीलाई मात्रै यो देश सुरक्षित छ भन्ने सन्देश दिन खोजेको हो भन्दै उनले गृह मन्त्रीलाई सोधेका छन्।उनले आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो जबाफ दिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट