Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा

जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौँ : सरकारले आफैँले ल्याएको अध्यादेश संसदमा निर्णायार्थ पेस गर्न नसकिरहेको बेला जनता समाजवादी पार्टी (जसपा)नेपाल संसदीय दलको बैठकमा जुटेको छ । अध्यादेश पास गराउनका लागि राष्ट्रियसभामा निर्णायक रहेको जसपाको सिंहदरबारमा बैठक बसिरहेको हो। माघ २७ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश राखिएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । यस्तै बैठक चलिरहेकै बेला कार्यसूचीबाट अध्यादेश हटेपछि जसपा नेपालले कुनै निर्णय गरेन ।

त्यसपछि आइतबार पुनः बैठक बसेको थियो । बैठकमा अध्यादेश बारेमा पार्टीलाई लिएर भइरहेको टिका टिप्पणीको बारेमा छलफल भएको थियो । तर अध्यादेशमा सहमति दिने कि नदिने बारेमा कुनै निर्णय भएको थिएन । आज पुनः संसदीय दलको बैठक बसिरहँदा संसद्को कार्यसूचीमा भने अध्यादेश राखिएको छैन । तर त्यस विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले संसद्को बैठकमा जानुअघि अनौपचारिक बैठक बसेको बताइन् । सरकारले अध्यादेशलाई कार्यसूचीमा ल्याएपछि मात्र जसपा नेपालले त्यसको बारेमा निर्णय गर्ने बताउँदै उनले भनिन्, ‘पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनको बारेमा पनि छलफल चलिरहेको छ, संसदमा निर्णयार्थ प्रस्तुत भएपछि हामीले निर्णय गर्छौँ । त्यसअघि हामीलाई कुनै हतार छैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट