काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौं भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौं भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए ।
उनले भने–‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij