काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले श्रीलंकाले जस्तै नेपालले पनि चीनलाई बाँदर बेचेर राजश्व संकलन गर्न सकिने सकिने बताएका छन् ।सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधे ।
बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताउँदै उनले भने–‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्यो ।, नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ? यसतर्फ के पहल भइरहेको छ ?’पहाडी क्षेत्रमा मानिसहरू बाँदर आतङ्कका कारण बस्नै नसक्ने भएको बताका उनले बाँदरकै कारण पहाडी बस्ती खाली भएकोले विकल्प खोज्नु पर्ने धारणा राखे ।
वनमन्त्री ऐनबहादुर शाहीलाई प्रश्न सोध्ने क्रममा सांसद खतिवडाले नेपालका बाँदरलाई हानिकार जन्तु घोषणा गरेसँगै चीनलाई बेच्ने व्यवस्थाबारे जिज्ञासा राखेका हुन् ।अन्य सांसदले पनि पहाडको बस्ती नै खाली गर्नेगरी भइरहेको बाँदर आतंकको समाधानबारे सरकारसँग प्रश्न सोधेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij