काठमाडौँ : अमेरिकाले चीनिया बस्तुमा अतिरिक्त कर लागू गरेपछि चीनले पनि आजैदेखि लागू हुने गरी अमेरिकी वस्तुमा अतिरिक्त कर लगाउने भएको छ ।अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदबहाली गरेसँगै विश्वका दुई ठूला अर्थतन्त्रका बीच व्यापार युद्ध बढ्दो क्ममा छ । अमेरिकाले चीनिया उत्पादनमा १० प्रतिशत अतिरिक्त कर लागू गरेको केही मिनेटमै चीनले पनि अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको हो ।गत फेब्रुअर ४ मै चीनले पनि अमेरिकी बस्तुमा अतिरिक्त करको घोषणा गरेको हो ।
चीनबाट आयात हुने एल्मुनियम आयातमा अमेरिकाले हिजै देखि लागू हुनेगरी २५ प्रतिशत कर लगाएको छ । यसको विस्तृत विवरण अमेरिकी राष्ट्रपति ट्रम्पले आज घोषणा गर्नुहुनेछ ।चीनले आजदेखि लागू हुने गरी अमेरिका निर्यात हुने २५ दुर्लभ धातुहरुमा कर लगाउनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij