काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानून बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए ।
उनले भने–‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानून बनाएर अघि बढ्न म आग्रह गर्छु ।’हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।
उनले भने–‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने रु राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij